रंगबुलमा ओपन नक्आउट फूटबलः सिलगढ़ी युनाइटेड एफसी क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा सोमवार भएको म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले युनाइटेड एफसी दार्जीलिङलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक दर्जीले ह्याट्रिक गरे। यसबाहेक उर्गेन शेर्पाले १ गोल गरे। युनाइटेड एफसी दार्जीलिङबाट अमन राईले १ गोल गरे। विजेता टीमका उर्गेन शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement