जनमतको कदर हुदैन भने चूनाव होइन टेन्डर गर: विमल गुरूङ

दार्जीलिङ: ‘मतदाताहरूको मतको सम्मान हुदैन भने चूनाव होइन टेन्डर गर’ भन्दै गोजमुमो अध्यक्ष विमल गुरूङले कस्यो ब्यंग। यहाँ सिहमारी स्थित गोजमुमो केन्द्रीय कार्यलय छेव एक धरमा गोजमुमो र हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभापछि गोजमुमो केन्द्रीय अध्यक्ष विमल गुरूङले पत्रकारहरू लाई सम्बोधन गर्ने क्रममा दार्जीलिङ नगरपालिकाको चूनावमा नगरपालिका क्षेत्रका जनता एंव मतदाताहरूले गोजमुमो,भागोप्रमो,गोरामुमो सवैलाई नकार्दै हाम्रो पार्टी माथि विश्वास जताउँदै बोर्ड गठन गर्ने दाहित्व सोम्पिए को थियो। नगरपालिका क्षेत्रको जनादेशलाई हामीले पनि स्वीकार गरेका थियौ अनि जनादेशलाई हामी सवैले स्वीकार्नै पर्छ तर यहाँ रूपियाँ पैसाको बलमा मतदाताहरूको निर्णयलाई अवहेलना गर्ने काम गरेको छ। जनादेशलाई रूपियाँ पैसामा जोख्ने नेता र ठेकादार हरू नै रहेको मोर्चा अध्यक्ष विमल गुरूङले बताए।तिनले स्पष्ट शब्दमा भने जब मतदाताहरूको मतको कुनै सम्मान एंव कदर हुदैन भने चूनाव होइन टेन्डर गर, जसले धेर पैसा हाल्न सक्छ उसैलाई सत्ताको चैकीमा राख्दा हुछ तिनले भने। जहाँ मतदाताहरूको मतको कुनै कदर हुदैन त्यहाँ हामी जाने छैनौ, त्यसकारण आजको चेयरम्यान चूनावमा हामीले अंश ग्रहण नगरेको हो अध्यक्ष गुरूङले भने। विगतको दार्जीलिङ नगरपालिका बोर्डले अबैघ निर्माण माथि कार्यवाही गर्ने जो निर्णय गरेका छन। त्यसमाथि हाम्रो नजर रहनेछ।नगरबासीको हितमा यदि हामी न्यायलयको ढोका खटखटटाउन परेको खण्डमा पनि हामी तयार रहने छौ गुरूङले भने। अजय एडवार्डस र आलोक कान्तमणि थुलुङको टेलिफोन भाइरलमाथि मोर्चा अध्यक्ष विमल गुरूङले बोल्दै एक राजनीति नेता ले अर्को पार्टीको राजनीति नेतासंग बातचित गर्न सक्छ तर आलोक कान्त मणि थुलुङले राजनैतिक फाइदा उठाउँने जो काम गरेको छ,त्यो अति नै निन्दनीय रहेको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement