खरसाङ: ४/१ गोर्खा रेजिमेन्टको ६१औँ स्थापना दिवस पल्टनका भूतपूर्व सैनिकहरूद्वारा पालन गरियो। भूतपूर्व हवलदार निमा शेर्पाको अध्यक्षतामा सम्पन्न स्थापना दिवसको कार्यक्रममा मुख्य अतिथिको रूपमा कर्णल एसबी राणा, विशिष्ट अतिथिको रूपमा कर्णल केशव राई, सेवारत लेप्टेनेन्ट कर्णल एसपी बराइली, सयपत्री परिवारका सभापति, सचिव उपस्थित रहेका थिए। कार्यक्रममा ४/१ गोर्खा रेजिमेन्टका भूतपूर्व सैनिक, सैनिक विधवा, वीर-वीरंगणाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम प्रमुख अतिथि, विशिष्ट अतिथि अनि वीरंगणाहरूलाई खदा-मालार्पण गरेर स्वागत जनाएको थियो। ६१औँ स्थापनि दिवसको केक् काटेर आरम्भ गरिएको यो कार्यक्रममा मिरिक निवासी हवल्दार सतिश थापाले स्वगत वक्तव्य राखेका थिए। कार्यक्रममा खरसाङ निवासी हवल्दार पुरण थापाले ४/१ गोर्खा रेजिमेन्टको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए। कार्यक्रममा वीर-वीरंगणाहरूलाई अंगवस्त्र ओड़ाएर सम्मान जनाइएको थियो। सम्मान प्राप्त गर्ने वीरंगणाहरू तारा थापा, सुशिला थापा यामी डोल्मा तामङ, मिनु प्रधान, बन्दना थापा, विनिता गुरूङ अनि याङ्की गुरूङ रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि कर्णल एसबी राणालाई अध्यक्षको बाहुलीबाट सम्बन्द्धना पत्र प्रदान गरी सम्मान जनाइएको थियोअनि विशिष्ट अतिथिहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि कर्णल केशव राईले भूतपूर्व सैनिकहरूको निम्ति सरकारद्वारा प्रदान गरिएको विभिन्न सहुलियतहरूको बारेमा जानकारी गराए। अर्का विशिष्ट अतिथि सेवारत लेप्टेनेन्ट कर्णल एसपी बराइलीले वर्तमानमा पल्टनको स्थितिको बारेमा जानकारी गराए। मुख्य अतिथिले यसरी पल्टनको स्थापना दिवस पालन गरिएकोमा हर्ष प्रकट गर्दै सबैलाई शुभकामना अनि बधाई दिए। अध्यक्षले आफ्नो वक्तव्यमा सबैलाई बधाई अनि शुभकामना दिँदै धन्यवाद दिएपछि कार्यक्रम सम्पन्न गरिएको थियो भनी हवल्दार पुरण थापाले जानकारी दिएका छन्।










