सिलगढी: सिलगढीको फुलबारी घोषपुकुर बाइपास रोडमा आज बिहान एक महिलाको अर्धनग्न शव फेला परेको छ। आज बिहान बाटोमा हिँडेका मानिसहरूले शव देखेको बताइएको छ। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। घटनास्थलमा पुगेका फाँसीदेवा प्रहरी चौकीले शव बरामद गरी पोष्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पठाएको भएपनि महिलाको नाम र पहिचान भने खुल्न सकेको छैन। प्रहरीले शव बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको छ।










