भारतले तिरुवनन्तपुरममा खेलिएको वनडे सीरीजको तेस्रो तथा अन्तिम म्याचमा श्रीलंकालाई ३१७ रनको रेकर्ड अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको वनडे सीरीज पनि ३-०-ले क्लीन स्वीप गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतले विराट कोहली (अविजित १६६) र शुभमन गिल (११६)-को शतकीय ईनिंग्सको सहायताले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनायो। जवाफमा श्रीलंकाई टीम २२ ओभरमा केवल ७३ रन बनाएर अलआउट भयो। यस म्याचमा विराट कोहलीको साथमा भारतीय टीमले पनि एकाधिक रेकर्ड बनायो। यसको साथमा श्रीलंकाई टीमको नाममा निराशाजनक रेकर्ड पनि जोड़िन पुग्यो। हामी यहाँ त्यही रेकर्डहरूबारे चर्चा गरिरहेका छौंः

- भारतले यस म्याचमा ३१७ रनले जीत हासिल गऱ्यो। यो वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो। यसअघि यो रेकर्ड न्यूजील्याण्डको नाममा रहेको थियो। न्यूजील्याण्डले १ जुलाई २००८-मा खेलिएको म्याचमा आयरल्याण्डलाई २९० रनले पराजित गरेको थियो।
- कोहलीको वनडे इण्टरनेशनल क्रिकेटमा १२७५४ रन भएको छ। यसरी उनी वनडे क्रिकेटमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा पाँचौं स्थानमा पुगेका छन्। आइतवार कोहलीले श्रीलंकाका महान ब्याटर माहेला जयवर्धने (१२६५० रन)-लाई पछि छोड़े।
- कोहलीले म्याचमा अविजित १६६ रन बनाए। यो उनको वनडेमा ४६औं अनि इण्टरनेशनल क्रिकेटमा ७४औं शतक हो। शतकहरूका मामिलामा उनीभन्दा अघि केवल महान सचिन तेन्दुलकर रहेका छन्। सचिनको नाममा १०० वटा शतक रहेको छ।
- अविजित १६६ रन कोहलीको वनडे इण्टरनेशनलमा दोस्रो सबैभन्दा ठूलो ईनिंग्स हो। उनले यसअघि पाकिस्तान विरुद्ध १८३ रन बनाएका थिए। यसको साथै उनले वनडेमा पाँचौंपल्ट १५०-को स्कोर पार गरे।
- श्रीलंकाई टीम केवल ७३ रन बनाएर अलआउट भयो। वनडे क्रिकेटमा यो उनीहरूका चौथो सर्वनिम्न स्कोर हो। यसरी नै भारत विरुद्ध यो कुनै पनि टीमको तेस्रो सबैभन्दा कम्ती स्कोर हो।
- वनडे इण्टरनेशनल क्रिकेटमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा भारतीय कप्तान रोहित शर्माले दक्षिण अफ्रिकाका एबी डीभिलियर्सलाई उछिने। म्याचमा ४२ रन बनाउने रोहितसँग अहिले वनडे क्रिकेटमा ९५९६ रन रहेको छ। डीभिलियर्सले यस प्रारूपमा ९५७७ रन बनाएका थिए।
- भारतका युवा ओपनिंग ब्याटर शुभमन गिलले म्याचमा ११६ रन बनाए। २०२०-मा वनडे क्रिकेटमा डेब्यू गर्ने गिलको यस फर्मेटमा यो दोस्रो शतक हो। उनले कोहलीसँग शतकीय पार्टनरशीप पनि गरे।
- श्रीलंकाई ईनिंग्स केवल २२ ओभरमा समाप्त भयो। यो भारतीय माटोमा वनडे क्रिकेटमा सबैभन्दा कम्ती ओभरमा अलआउट हुने रेकर्ड हो। यसअघि २०१६-मा न्यूजील्याण्डको टीम २३.१ ओभरमा अलआउट भएको थियो।
- कोहलीले यस म्याचमा १३ वटा चौकाको साथमा ८ वटा छक्का लगाए। यो उनले कुनै एउटा वनडे म्याचमा लगाएको सर्वाधिक छक्का हो।
- घरेलु मैदानमा यो कोहलीको २१औं शतक हो। यसरी उनी वनडे क्रिकेटमा सर्वाधिक शतक लगाउने क्रिकेटर बनेका छन्। कोहलीले घरेलु मैदानमा २० वटा शतक बनाउने सचिन तेन्दुलकरलाई पछि छोड़े।
- भारतको निम्ति पेस बलर मोहम्मद सिराजले म्याचमा ४ विकेट लिए। उनले १० ओभरमा केवल ३२ रन खर्च गरे। यो उनको १९ वटा वनडे म्याचको करियरमा अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो।
- विराट कोहलीले भारतीय माटोमा सबैभन्दा तेज १५० रन बनाउने रेकर्ड पनि आफ्नो नाम गरे। उनले केवल १०६ बलमा १५० रन पूरा गरे। यसअघि अष्ट्रेलियाका जर्ज बेलीले २०१३-मा भारत विरुद्ध १०८ बलमा १५० रन बनाएका थिए।
- कोहलीले तीनवटा वनडे म्याचको सीरीजमा दुईवटा शतक बनाए। यसैकारण उनलाई प्लेयर अव् द सीरीज पुरस्कार प्राप्त भयो। इण्टरनेशनल क्रिकेटमा उनलाई २०औं पल्ट यो पुरस्कार प्राप्त भयो। यस मामिलामा उनले सचिन तेन्दुलकरको विश्व रेकर्डको बराबरी गरे।
- कोहलीले श्रीलंका विरुद्ध आफ्नो १०औं शतक बनाए। यसरी उनी कुनै एउटा टीम विरुद्ध वनडे क्रिकेटमा सर्वाधिक शतक बनाउने क्रिकेटर बने। कोहलीको वेष्ट इण्डिज विरुद्ध ९ र सचिन तेन्दुलकरको अष्ट्रेलिया विरुद्ध ९ वटा शतक रहेको छ।
- कोहली अहिलेसम्म १६ पल्ट शतक बनाएर अविजित रहेका छन्। यसरी उनी सर्वाधिक अविजित शतक लगाउने क्रिकेटर बनेका छन्। सचिन तेन्दुलकरको नाममा १५ वटा अविजित शतक रहेको छ।









