बालासन कपः जीटी बोइज लेबोंग फाइनलमा

नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा आयोजित बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। इनटेक नजिक खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत भएको म्याचमा जीटी बोइज लेबोंगले यूएफसी बुङकुलुंगलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा जीटी बोइजबाट सुजन तामाङ र वांगछेन तामाङले गोल गरे। यसरी नै यूएफसी बुङकुलुंगबाट योगेल सुब्बा र पुजन राईले गोल गरे। अब २२ जनवरीमा हुने फाइनलमा जीटी बोइज लेबोंग र नेपालको भीनस एफसी-बीच भिड़न्त हुनेछ। आयोजक समितिका अध्यक्ष हिम्मत प्रधानले बताएअनुसार, टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement