भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रिषिहाट शाखाको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा डाली एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। रिषिहाट हायर सेकेण्डरी स्कूल खेल मैदानमा आइतवार भएको म्याचमा डाली एफसी-ले भाह तकभरलाई टाईब्रेकरमा ३-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयमा डाली एफसी-बाट शेखर राईले २ र कुशाल राईले १ गोल गरे। यसरी नै भाह तकभरबाट आशिष राईले २ अनि सिद्धान्त गुरुङले १ गोल गरे। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









