शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टः एमएमएफसी निरपानी सेमिफाइनलमा

युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा एमएमएफसी निरपानीले सेमिफाइनलमा स्थान बनायो। डीपी साइड मैदानमा आज भएको म्याचमा एमएमएफसी निरपानीले सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल फ्रेंकोले गरे। एमएमएफसी निरपानीका नरेश कार्कीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement