माया मेमोरियल फूटबल टुर्नामेन्ट: मिरिक युनाइटेड ए सेमिफाइनलमा

प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मिरिक युनाइटेड ए टीमले सेमिफाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो क्वार्टर फाइनल म्याचमा मिरिक युनाइटेड ए-ले फुवागढ़ी राइजिंग युथ क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमका ज्ञानदीप तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो।

यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल २९ जनवरीमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement