लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित सुपर गर्ल्स च्यालेञ्ज कप २०२३ गर्ल्स फूटबल टुर्नामेण्टमा दिव्य शक्ति, धोत्रेले सेमिफाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा दिव्य शक्तिले मेरीबोंगलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमकी सुश्मिता लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। दुईवटा सेमिफाइनल क्रमशः १८ र २० जनवरीमा हुनेछ। यसरी नै फाइनल २३ जनवरीमा खेलिनेछ।