नाम्बीः नाम्ची जिल्लाको टेक युथ क्लब अफ नामधाङलाई राज्यके उत्कृष्ट युवा क्लब पुरस्कारको निम्ति चयनित गरिएको छ। युवा मामिला एवं खेल विभाग, भारत सरकार अधीनस्थ नेहरू युवा केन्द्र संगठनले आयोजना गरेको चयन प्रक्रियामा टेक युथ क्लब अफ नामथाङलाई सो पुरस्कारको निम्ति छनौट गरिएको हो। युवा मामिला एवं खेल विभाग, सिक्किम सरकारका सचिवको अध्यक्षतामा चयन प्रक्रिया सम्पन्न गरिएको थियो। यस योजनाको उद्देश्य युवा क्लबहरूलाई विकासको निम्ति प्रोत्साहित गर्नु रहेको छ। युवा क्लबहरूले राष्ट्र निर्माणलगायत अन्य गतिविधिहरू जस्तो साक्षरता, कोशल विकास प्रशिक्षण, स्वास्थ्य जागरूकता, पर्यावरण संरक्षण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, खेल आदिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।
यो योजना तीन स्तर जिल्ला, राज्य अनि राष्ट्रियमा सञ्चालित छन्। प्रारम्भिक चरणमा जिल्ला अनि त्यसपछि राज्य हुँदै राष्ट्रियस्तरमा चयन प्रक्रिया सम्पन्न गरिन्छन्। जिल्ला स्तरीय चयन प्रक्रियामा छनोट हुनेहरूले सोझे राज्यस्तर अनि राजास्तरमा उनोट हुनेहरू सोझे राष्ट्रियस्तरका लागि चयनित हुन्छन्। जिल्लास्तरमा विजेतालाई २५ हजार र राज्यस्तरमा विजेतालाई एक लाख पुरस्कार प्रदान गरिन्छ। यसै गरी, राष्ट्रियस्तरमा प्रथम, दोस्रो अनि तेस्रो स्थान प्राप्त गर्ने क्लबहरूलाई क्रमशः पाँच लाख, तीन लाख र दुई शाखसहित प्रमाणपत्र प्रदान गरिन्छन्।










