राष्ट्रिय युवा संसदमा सिक्किमलाई प्रतिनिधित्व गर्दै नाम्चीकी छोरी शेरोन राई

नाम्ची: नाम्चीकी छोरी शेरोन राई यसपल्ट राष्ट्रिय युवा संसदको निम्ति चयनित भएर आगामी २३ जनवरीको दिन राष्ट्रिय राजधानी दिल्लीको संसद भवनमा सम्पन्न हुने कार्यक्रममा सिक्किमलाई प्रतिनिधित्व गर्दैछिन्।
कार्यक्रमको आयोजना नेहरू युवा केन्द्र संगठन, युवा मामिला विभागले नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्ती मनाउन गरिरहेको छ। सुश्री राईलाई राज्यका विभिन्न जिल्लाका वक्ताहरू मध्ये चयनित गरिएको हो। उनलाई संसद भवनमा देशका प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गरिने छ राष्ट्रिय युवा संसदमा देशका २७ राज्यका २७ प्रतिनिधिले भाग लिने छन् भने यी मध्ये केवल आठ प्रतिनिधिले आफ्नो वक्तव्य राख्ने अवसर प्राप्त गर्नेछन्।शेरोन राई नाम्ची सरकारी महाविद्यालयकी विद्यार्थी स्नातक (बी. कम) को अध्ययन गरिरहेकी छन्। उनले हुन् र विगतमा राज्यलाई निबन्ध र भाषण प्रतियोगिताहरूमा राज्य अनि राष्ट्रिय स्तरमा प्रतिनिधि गरिसकेकी छन्। उनले २०१८ मा राष्ट्रिय निबन्ध प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement