आगलागी पीडित परिवारलाई विधायककाे सहयोग

जलपाइगढीः विधायकले राजगञ्जमा आगलागी घटनाबाट प्रभावित परिवारलाई सहयोग गरे। राजगञ्जका विधायक खगेश्वर राई बिहीबार आगलागीमा जलेर खरानी भएका घरका मालिकलाई भेट्न उनको घर पुगेका थिए। उनका साथ राजगंज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी, आईएनटीटीयूसी अध्यक्ष सुलेमान मोहम्मद र अरु पनि थिए। विधायकले परिवारलाई चार वटा तिरपाल र एउटा कम्बल उपलब्ध गराए। केही आर्थिक सहयोग गर्नुका साथै अरु कुनै समस्या परेमा सबै व्यवस्था मिलाउने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement