मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) केन्द्रीय समितिको आयोजनामा आउँदो २९ जनवरी आइतबारको दिन मञ्जु पार्क मिरिकमा ‘सुवास घिसिङ श्रद्धाञ्जली सभा’ आयोजना हुने भएको छl यसका साथै स्व० सुवास घिसिङ अनि उनकी धर्मपत्नी स्व० धनकुमारी सुब्बा (घिसिङ)को समाधी निर्माण गर्ने भूमि पूजा गर्ने गोरामुमो खरसाङ शाखाका प्रचारप्रसार सचिव भुपेन गुरुङले प्रेस विज्ञप्ति जारी जानकारी दिएका छन्।










