भिमबारमा पिकअप भ्यान पल्टिंदा ३९ बिद्यार्थी घाइते

सिलगढी: भिमबारमा एउटा पिकअप भ्यान पल्टिंदा ३९ जना बिद्यार्थी घाइते भएका छन्। यी विद्यार्थीहरु स्वामीजी को जयन्ति उपलक्ष्यमा आयोजित म्याराथन दौड प्रतियोगितामा भाग लिएर नक्सलबारीमाबाट विधाननगर घर फर्किंदै थिए। सो क्रममा भिमबार संल्गन ३१ नम्बर राष्ट्रिय राजमार्गमा एउटा मोटर साइकल लाई साइड दिने क्रममा अचानक नियन्त्रण गुमाएर पिकअप भ्यान सडकको छेउ जलाशयमा पल्टियो। सोही क्रममा भ्यानमा सवार ३९ विद्यार्थी घाइते भएका छन्। यो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि बिधाननगर प्रहरी चौकीले घटनास्थलमा गएर घाइतेहरुलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र बिधाननगर पठाएको थियो। तर, दुर्घटना कसरी भयो भन्ने विषयमा विधाननगर प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement