मधुचिया बगानमा अब हप्ताको एक दिन स्वास्थ्य परिक्षणको सुविधा हुने

अलिपुरद्वार: कालचिनी ब्लक स्वास्थ्य विभागले मधु चियाबारीमा हप्तामा एक दिन डाक्टर पठाउने र स्वास्थ्य सेवाका साथै विभिन्न स्वास्थ्य सम्बन्धी जाँचहरू गर्ने पहल गरेको छ। यो सेवा बिहीबारदेखि सुरु भएको हो।मधु चियाबारीको कालचिनी ब्लकको पहिलो मधु चियाबारीमा यो सेवा सुरु गरिएको हो। कालचिनी ब्लक हेल्थ अफिसर डा. सुभाष कुमार कर्माकरले प्रत्येक चियाबारीमा स्वास्थ्य केन्द्रहरू छ जहाँ स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् भनि जनाए। मधु चियाबारी अस्पतालमा आजदेखि एक्स–रे मेसिन पनि जडान गरिएको छ। चियाबारीमा क्षयरोगका बिरामी बढ्दै गएपछि यस्तो पहल गरिएको हो।

About Author

Advertisement