लालकोठी जनताको अफिस हो

“मलाई जनताले लालकोठीमा कफी खाएर बस्नु पठाएको होइन:” अनित थापा

दार्जीलिङ: सभासद्हरु लालकोठी जहिले पनि आउनु सक्नु हुनेछ। लालकोठी जनताको अफिस हो। मलाई जनताले लाल कोठीमा कफी खाएर बस्नु पठाएको होइन। मलाई जनताको काम गर्नु पठाएको हो। जनताको दुःख सुख हेर्नु, उनीहरूको समस्या समाधान गर्नु मलाई जनताले पठाएको हो। जीटीए यो समय अनलाइन सिस्टममा चल्दैछ। काम चाहे अफिसमा बसेर होस या मैदानमा काम गर्दै गर्दा होस, काम भै रहेको छ। मेरो अफिसरहरु मैदानमा हुन्छन्। जीटीए चिफलाई यदि डेपुटेशन दिनु हो भने प्रोटोकल पालन गर्नु पर्छ।

लालकोठीमा जीटीए चिफलाई भेट्नु जाँदा भेट्नु नै गार्हो भएको गुनासो गरेका थिए सभासद् विनय तामाङ, अजय एडवर्ड्स अनि अन्य ५ सभासद्हरुले। यही विषयमा एउटा अनलाइन पोर्टलले सोधेको प्रश्नको जवाफ दिँदै प्रमुख कार्य पाल अनित थापाले उपरोक्त मन्तव्य राखेका हुन्।

उनले लालकोथिमा अनुशासन छैन भन्ने विपक्षको गुनासो माथि भने, “लालकोठी पब्लिकको अफिस हो। जसको भोट लिएर त्यो अफिसमा बसेको छु, त्यही जनतालाई मैले अफिस भित्र पस्दा उनीहरूको सही लिने जस्ता सिस्टमलाई मैले हटाई दिएको छु। जनता जहिले पनि आउनु सक्नेछन् अनि खुल्ला रूपमा पस्नु सक्नेछन्।”

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जनादेश लिएर लालकोठी पसेका हुन् भन्दै उनले भने, “हामी कसैको दयामायाले लालकोठीमा बसेका छैनौं। जनादेश लिएर बसेका छौं। जीटीए चिफलाई भेट्नु प्रेस लिएर जानु पर्छ? म लालकोठीमा विपक्षको नेताहरु कहिले आउँछ र भेट्नु भनेर बसेको होइन।”

जीटीए चिफलाई यदि डेपुटेशन दिनु हो भने प्रोटोकल पालन गर्नु पर्छ भन्दै थापाले भने, “डेपुटेशन दिनु आउँदा सेक्रेटरी , प्रिन्सिपल सेक्रेटरी संग म अफिसमा छु या छुईन विषय जानकारी लिनु पर्थ्यो। मलाई भेट्नु समय माग्नु पर्थ्यो। प्रोटोकलले यही भन्छ। यदि म सँग लाल कोठीमा मा नै भेट्नु चाहन्छन भने मेरो अफिसमा भेट्नुको निम्ति समय लिनु होस। म लालकोठीमा हुनेछु।”

जीटीए सभामा पारित गरिएको गोर्खाल्याण्डको प्रस्ताव माथि सोधिएको प्रश्नमा उनले भने, “जीटीए सभामा पारित गरिएको प्रस्तावहरू जीटीए सभाका डेपुटी अध्यक्ष राजेश चौहानले कोलकाता पुर्याइसकेका छन्।”

अञ्जुल चौहान, अध्यक्ष, जीटीए सभाले हिजोको लाल कोठी घटना माथि भने, “जीटीए मिनी सरकार हो। जी टी एको प्रोटोकल पक्षले मात्र होइन बिपक्षले पनि राख्नु सक्नु पर्छ।”

राजेश चौहान, डेपुटी अध्यक्ष, जीटीए सभाले गोर्खाल्याण्डको प्रस्ताव अनि अन्य माथि थप प्रकाश पार्दै भने, “गोर्खाल्याण्ड विषय पारित प्रस्ताव हामीले राज्य सरकारलाई बुझाएका छौ। ११ नोभेम्बर २०२२ को दिन राज्यको गृह सचिवलाई सबै प्रस्ताव बुझाएका छौ। जीटीए राज्यको विषय हो। म स्वयंले त्यो दस्तावेज बुझाएको हुँ। हाम्रा विभागीय सभासदहरुले प्रस्ताव मुताबिक राज्य सरकार संग मिलेर काम गरिरहेका छन्।”

About Author

Advertisement