लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार खेलिएको म्याचमा सिंगलिंग स्पोर्टिंग क्लबले आमुक्त परिवारलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जूमा र सांगेले गोल गरे। आमुक्त परिवारबाट बिक्कीले गोल गरे। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










