निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः कालेबुङ पुलिस सेमिफाइनलमा

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा कालेबुङ पुलिसले सेमिफाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा मंगलवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले खरसाङको मिक्स्ड अप् बोइजलाई ३-०-ले पराजित गऱ्यो। अब बुधवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा एमएमएफसी निरपानी र जलपाइगढ़ी जिल्ला पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement