हिमालयन फरेष्ट भिलेज अर्गानाइजेसनको सभा समपन्न

गोरुबथान: हिमालयन फरेष्ट भिलेज अर्गानाइजेसनको एक सभा स्पेशल बन बस्ती खेल मैदानमा समपन्न भएको छ‌। यस सभाको सभाध्यक्ष चन्द्र बहादुर प्रधानले गरेका थिए भने नेउरा क्षेत्रका प्रत्येक बनबस्तिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।आजको यस सभाको मुख्य विषय गोरुबथान नेउरा रेन्ज कमिटि गठनार्थ थियो। आज बसेको यस सभाले नयाँ समिति गठन गरेको छ। नयाँ पदाधिकारीगण यस प्रकार रहेको छ।

सभापति चन्द्र बहादुर प्रधान, उप सभापति हर्क तामाङ, रोशन तामाङ, नरेश सुब्बा, सचिव कुमार थापा, सह सचिव पुरण राई, अजय खवास, कोषाध्यक्ष सुबास तामाङ, सह कोषाध्यक्ष मिलन राई।
प्रमुख सल्लाहकारमा नर बहादुर छेत्री आश कुमार तामाङ, दिपेस गुरुङ, बिजय राई, मिलन छेत्री, सुदेस तामाङ रहेका छन्।

About Author

Advertisement