प्रधानमन्त्री राष्ट्रिय प्रशिक्षुता मेला सोमवार देवरानीस्थित नियुक्ति केन्द्र खादी भवनमा सम्पन्न

Untitled-1-copy-22

गान्तोकः रोजगार मेला चरण ११ एवं प्रधानमन्त्री राष्ट्रिय प्रशिक्षुता मेला सोमवार देवरानीस्थित नियुक्ति केन्द्र, खादी भवनमा सम्पन्न गरियो। क्षमता विकास विभाग अन्तर्गत आयोजन नियुक्ति केन्द्रमा आयोजन गरिएको रोजगार मेलामा विभागका अतिरिक्त सचिव साम्डुप भोटिया, उप निदेशक डीडी शर्मा तथा अन्य अधिकारीहरू उपस्थित थिए। रोजगार मेलामा गोल्डन क्रस फार्मों, टपसेल टोयोटा, राजसन्स महिन्द्र, डेन्जोङ अलबू, स्टार हेल्थ इन्सुरेन्स, डेन्जोङ रिजेन्सी, डेल्टिन केसिनो र अलकम ल्याब जस्ता प्रतिष्ठानहरू सहभागी थिए। यस अवसरको सिक्किमभरिबाट आएका उम्मेदवारहरूले लाभ उठाए। प्रशिक्षुता र रोजगार नियुक्तिको निम्ति साक्षात्कार सम्पन्न गरियो भने ३६ जना उम्मेदवारलाई चयनित गरिएको छ। उनीहरूलाई सशुल्क प्रशिक्षुता र नियमित जागिरको निम्ति छनोट गरिएका छन् ।

About Author

Advertisement