खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मित्र संघ गोलाई पाखाद्वारा राज्यपाल केशरीनाथ त्रिपाठीको निधनमा शोक सभा आयोजना गरेका छन्। मित्र संघ गोलाई पाखाको भवनमा सभापति ज्ञानबहादुर राईको अध्यक्षतामा दिवंगत राज्यपाल केशरीनाथ त्रिपाठीको निधनमा शोक सभा अायोजना गरियो। उक्त शोक सभामा एक मिनटको मौन धारण गरेर दिवंगत आत्माप्रति श्रध्दाञ्जली अर्पण गरेका थिए। उक्त शोक सभा मदनकुमार प्रधानले सञ्चालन गरेका थिए। शोक सभामा वक्तव्यका क्रममा दिपक प्रधानले तीनधारेको कारखानामुनिको पैह्रोमा कुनै नेता र राजनैतिक पार्टिहरुले केही गर्न सकेनन् अन्त्यमा ३० मई २०१५ मा पिपल वेलफेयर सोसाइटीले तत्कालीन राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटेर याददास्त पत्र चढाएको अनि संगसंगै यातायात मंत्री नितिन गडगडीलाई टेलिफोनिक वार्ता गरे। त्यसपश्चात मात्र पैह्रोको काम शुरु गरिएको जानकारी गराए। दिपक प्रधानले यसको श्रेय तत्कालीन राज्यपाल त्रिपाठीलाई जाँदछ भनी बताउँदै उनको महान कार्यलाई हामी तीनधारेवासीले भुल्न हुँदैन, हामी सदैव उनीप्रति अाभारि रहनेछौं भनी बताएका छन्। उनको प्रयासले नै अाज यातायात सुचारु रुपले चलिरहेका छन। अन्य वक्तामा बिनय क्षेत्रीले उनको कारणले नै तीनधारेमा फेरि मानिसले घर बनाउन थाले, रड, सिमेन्ट बालुवा अोसाह्रन थाले ,तीनधारे फेरि पुरानै ट्र्याकमा फर्किए। उनको अात्माले स्वर्गमा वास पाउन भनी श्रध्दाजली अर्पण गरे। सभामा संघका सभापति ज्ञानबहादुर राई, सचिव ईसान्त विश्वकर्म, कोषाध्यक्ष मसीह प्रकाश मोक्तान अनि अन्य पदाधिकारीगण उपस्थित रहेका थिए।