चार दिवसीय कृषि बागवानी मेलाको दोस्रो दिन सांगीतिक अनि सांस्कृतिक कार्यक्रम सम्पन्न

IMG-20230110-WA0230.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारको बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको दोस्रो दिन विभिन्न सांगीतिक अनि सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएको छ। दोस्रो दिन विभिन्न विभागहरू जस्तै कृषि विभाग, बागवानी विभाग। प्राणी सम्पदा विभाग आदिको तर्फबाट स्टलहरू राखिएको थियो। कृषि बागवानी मेलाको दोस्रो दिन स्थानीय कृषकहरूलाई एंव पशु पालकहरूलाई पशु प्राणीहरूको लागि औषधिहरू वितरण गरिएको छ। दोस्रो दिन तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा रहेका स्वनिर्भर दलहरूले स्टलहरू राखेका थिए भने मेलाको मनोरञ्जनात्मक खेलहरू पनि आयोजना गरिएको थियो। यसको साथै दोस्रो दिन सम्पन्न सांगीतिक र सांस्कृतिक कार्यक्रममा तीनधारे महानदी समष्टिको विभिन्न गाउँका स्थानीय कलाकारहरूले आफ्नो कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमलाई सुकुमार बराईलीले सञ्चालन गरेका थिए। दोस्रो दिनके कार्यक्रममा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिको सांगठनिक सचिव उत्तम छेत्री र बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय, हेमराज छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

चार दिवसीय कृषि बागवानी मेलाको तेस्रो दिन भोलि बुधवार बागवानी विभागको आयोजनामा सुन्तला खेती, च्याऊ खेती र किचन गार्डन विषयमा प्रशिक्षण शिविरको आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। यस चार दिवसीय कृषि बागवानी मेलाको समापन आगामी १२ जनवरीको दिन हुने भएको छ। समापन समारोहमा मुख्य आकर्षणको रूपमा गायक जितेन लेप्चा र म्यूजिक तीनधारेको प्रस्तुति रहने भएको छ। आजको कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका थिए।

About Author

Advertisement