भुस्याँहा कुकुरहरूको बढ्दो संख्यामा अंकुश लगाउनको लागि मेयरले गरे बैठक

fc97a01f-0322-4010-9c61-5a68d43b0072-1024x461-1

सिलगढी: सिलगढी सहरमा भुस्याँहा कुकुरहरूको संख्या बढ्दै गइरहेको छ। यसैले सिलगढी नगरनिगमले भुस्याँहा कुकुरहरूको संख्यामा अंकुश लगाउनको लागि पहल गरेको छ। आगामी २९ र ३० जनवरीमा सिलगढीको डागापुर र डम्पिङ ग्राउन्ड नजिक नगरनिगमको सेल्टर होममा चारवटा शिविरको माध्यमद्वारा भुस्याँहा कुकुरको नसबन्दी गरिनेछ। यसलाई लिएर आज मेयर गौतम देवले नगरनिगमको सभाकक्षमा दुई चरणमा पशु चिकित्सक र पशु प्रेमी संगठनहरूको बैठक गरे। बैठकपछि मेयर गौतम देवले भने, प्रथम चरणमा दुईवटा ठाउँमा शिविरको माध्यमद्वारा नसबन्दी प्रक्रिया गरिनेछ। पशु प्रेमी संगठनहरूको सहयोगमा यो नसबन्दी प्रक्रिया आगामी दिनमा पनि जारी रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *