रोनाल्डोले २२ जनवरीमा अल नासरमा डेब्यु गर्ने, त्यसअघि मेस्सीको टिमसँग खेल्ने

photocollage_20231923155359.jpg

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २२ जनवरी मा नयाँ अनुबन्धित साउदी अरेबियन क्लब अल नासरबाट डेब्यु गर्ने भएका छन्।

अप्रिलमा म्यानचेस्टर युनाइटेड छोडेका पोर्चुगिज फरवार्ड रोनाल्डो अल नासरमा आवद्ध भएका थिए। तर अल नासरबाट उनी मैदान उत्रिएका छैनन्।

म्यानचेस्टर युनाइटेडमा रहँदा समर्थकलाई गरेको व्यवहारका कारण इंग्ल्याण्डको फुलबल एशोसियसनले लगाएको प्रतिबन्धका कारण उनले अल नासरमा केही खेल गुमाएका थिए। अब भने उनले २२ जनवरी मा हुने अल नासरको खेलमा क्लबका म्यानेजर रुडी र्गािर्सयाले बताएका छन्।

तर ३७ वर्षीय रोनाल्डोले त्यसअघि नै पेरिस सेन्ट जर्मन (पीएसजी) सँगको खेल खेल्न सक्ने अनुमान पनि छ। यसो भएको खण्डमा सायद अन्तिम पटक रोनाल्डो र मेस्सीलाई एकै खेलमा हेर्ने मौका बन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

लियोनल मेस्सीको टिमले १९ जनवरीमा रियादमा अल नासर र अल हिलालको संयुक्त टिमसँग खेल्ने तालिका छ। जसमा रोनाल्डो पनि खेल्न सक्ने सम्भावना रहेको अल नासरका म्यानेजर गार्सियाले बताए। संयुक्त टिमबाट खेल्ने भएकाले १९ जनवरीमा खेले पनि यो अल नासरमा रोनाल्डोको डेब्यु भने हुने छैन। रोनाल्डो २०२५ सम्मका लागि प्रतिवर्ष २० करोड अमेरिकी डलर पाउने गरी अल नासरमा अनुबन्ध भएका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *