कोलकाताको दुईवटा भवनमा आगलागी हुदाँ चारजना व्यक्ति घाइते

88077-protiki.jpg

कोलकाता। कोलकातामा सोमवार बिहान आगलागीको दुईवटा घटनाहरु भएको छ। एउटा घटनामा भवनमा आगो लाग्दा चारजना यसको चपेटमा परेका छन्। अर्को घटनामा भने कुनै प्रकारको जनहानि नभएको खबर छ। प्राप्त जानकारी अनुसार, चेतला हट रोड क्षेत्रमा एउटा भवनमा सोमवार बिहान ठूलो आगो लाग्यो भवनमा सुतिरहेका नानीसहित चारजना आगोको चपेटमा परे। उनीहरूलाई एसएसकेएम अस्पतालमा भर्ती गरिएको छ। उनीहरूको स्थिति गम्भीर रहेको बताइएको छ। अग्निशमन विभागले ग्यास सिलिण्डर लीकेजका कारण आगो लागेको बताएको छ। कोलकाता पुलिस सूत्रहरू अनुसार, बिहान ७:३० बजी एउटा भवनमा आगो लागेको देखेपछि स्थानीय मानिसहरूले पुलिस र अग्निशमन विभागलाई जानकारी दिए। अग्निशमन विभागको दुईवटा गाडी घटनास्थलमा पुगेर आगो निभाए। अग्निशमन कर्मीहरूले भवनभित्र फसेका मानिसहरूलाई पनि बाहिर निकालेर अस्पताल पुऱ्याए। दोस्रो घटना कोलकाताको मेंगो लेनको एउटा भवनको हो। यहाँ एउटा भवनमा ठूलो आगो लागेको थियो, तर जनहानि भने भएन। आगलागीको जानकारी प्राप्त भएपछि अग्निशमन विभागको चार गाडी घटनास्थलमा पुगेर दुई घण्टापछि आगोलाई नियन्त्रित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement