अनन्तनाग: अनन्तनागअन्तर्गत डूरूको आदिवासी क्षेत्र टेथन गाउॅंमा देश स्वतन्त्र भएको ७५ वर्षपछि पहिलोपल्ट सोमबार बिजुली पुग्यो। अधिकारीहरूले अनन्तनाग शहरदेखि लगभग ४५ किलोमिटर टाड़ा र लगभग २०० जनाको जनसंख्या रहेको टेथन गाउॅंलाई केन्द्र प्रायोजित पीएम विकास प्याकेज योजनाअन्तर्गत बिजुली प्रदान गरिएको बताएका छन्। स्थानीय मानिसहरूले भने, ‘अहिलेसम्म बिजुलीको निम्ति पारम्परिक तरिकाको उपयोग गर्दै आइरहेका थियौं। पहिलोपल्ट बिजुलीको अनुभव गरिरहेका छौं, विशेष रूपमा एउटा बल्बको। एक अन्य व्यक्तिले भने, यो एउटा सपना जस्तो होl’ बिजुली विकास विभागका अधिकारीले भने, ‘हाईटेन्शन नेटवर्कको समस्याको समाधान गरेर गाउॅंमा बिजुली अपूर्ति गरिएको छ। गाउॅंमा बिजुली पऱ्याउन हाईटेन्शन र लो टेन्शन लाइनको ९५ पोल लगाउनु पऱ्योl’ एक अन्य अधिकारीले ६० घरको निम्ति ६३ केवीको ट्रान्सफर्मर लगाउनु परेको बताए।









