सिलगढी: चिया उद्योग दार्जीलिङको एउटा परम्परा हो। तर समयसँगै यो चिया उद्योगको माग निकै कम हुँदै गएको छ। यसैलाई मध्यनजर गर्दै भारतीय उद्योग परिसंघले चियाप्रति जनताको आकर्षण बढाउन आठौं इण्डिया टी फोरम नामक दुईदिने छलफल कार्यक्रम आयोजना गर्न लागेको हो। यो कार्यक्रम ११ र १२ जनवरीमा सिलगढीमा आयोजना हुनेछ। सोमबार दिउँसो एक होटलमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले यस्तो बताएका हुन् यस कार्यक्रम मार्फत चियाको माग बढाउने सन्देश दिन ‘एक र पायली हो’ भन्ने नारा दिइएको छ। विशेषगरी नयाँ पुस्ताले अहिले चिया पिउन छाडेको व्यवसायी बताउँछन्। अर्कोतर्फ नेपालबाट आउने चियाका कारण अन्तर्राष्ट्रिय बजारमा दार्जीलिङको चियाको माग ह्वात्तै घट्दै गएको छ। यही माग बढाउन यो पहल गरिएको हो। दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा दार्जीलिङ चियाको बिक्री कसरी बढाउन सकिन्छ भन्ने कुराको रेखांकन हुनेछ।