रंगबुलमा ओपन नक्आउट फूटबलः घैयाबारी युनाइटेड विजयी

photocollage_20231919396259.jpg

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा घैयाबारी युनाइटेडले आफ्नो म्याच जित्यो। रंगबुल खेल मैदानमा सोमवार भएको म्याचमा घैयाबारी युनाइटेडले सोनादा पुलिस आउट पोस्टलाई २-१ पराजित गऱ्यो। विजेता टीमबाट शुभम राईले दुवै गोल गरे। शुभमलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement