रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा घैयाबारी युनाइटेडले आफ्नो म्याच जित्यो। रंगबुल खेल मैदानमा सोमवार भएको म्याचमा घैयाबारी युनाइटेडले सोनादा पुलिस आउट पोस्टलाई २-१ पराजित गऱ्यो। विजेता टीमबाट शुभम राईले दुवै गोल गरे। शुभमलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।