रंगबुलमा ओपन नक्आउट फूटबलः रंगबुल फूटबल एकाडमी विजयी

IMG-20230109-WA0088.jpg

रंगबुल फूटबल एकाडमीको आोजनमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। रंगबुल खेल मैदानमा भएको उद्घाटन म्याचमा आयोजक रंगबुल एफए-ले सोनादा युनाइटेडलाई टाईब्रेकरमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। रंगबुल फूटबल एकाडमीका गोलकीपर सुप्रम प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement