रंगबुलमा ओपन नक्आउट फूटबलः रंगबुल फूटबल एकाडमी विजयी

IMG-20230109-WA0088.jpg

रंगबुल फूटबल एकाडमीको आोजनमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। रंगबुल खेल मैदानमा भएको उद्घाटन म्याचमा आयोजक रंगबुल एफए-ले सोनादा युनाइटेडलाई टाईब्रेकरमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। रंगबुल फूटबल एकाडमीका गोलकीपर सुप्रम प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement