सूर्यकुमार यादवद्वारा रनको साथ रेकर्डको पनि वर्षा

photocollage_202318115653225.jpg

भारतीय क्रिकेट टीमका विध्वंशी ब्याटर सूर्यकुमार यादवले फेरि हातमा ब्याट लिएर रनको वर्षा शुरु गरेका छन्। उनले श्रीलंकाई बलिंग आक्रमणलाई पिट्नसम्म पिटेर शनिवार राति तेस्रो तथा निर्णायक टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा तेज शतक बनाए। सूर्यकुमारले केवल ४५ बलमा आफ्नो शतक पूरा गरे। उनको शतकीय ईनिंग्सको दममा भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको विशाल स्कोर बनायो। टी२० अन्तर्राष्ट्रियमा यो भारतको पाँचौं सर्वाधिक स्कोर हो। टी२० अन्तर्राष्ट्रियमा भारतको सर्वाधिक स्कोर ५ विकेटमा २६० रन रहेको छ, जुन म्याच २२ दिसम्बर २०१७ मा श्रीलंका विरुद्ध नै खेलिएको थियो।
सूर्यकुमारले केवल ५१ बलमा अविजित ११२ रन बनाए। यस अवधि उनले केवल बाउण्ड्रीको माध्यमले १६ बलमा ८२ रन बटुले। उनले ७ वटा चौकाको साथ २८ अनि ९ वटा छक्काको साथ ५४ रन बनाए। यो उनको ४५औं टी२० अन्तर्राष्ट्रिय म्याचमा करियरको तेस्रो टी२० शतक हो। सर्वाधिक शतक बनाउनेहरूका सूचीमा उनीभन्दा अघि केवल रोहित शर्मा रहेका छन्। रोहितको नाममा ४ वटा टी२० अन्तर्राष्ट्रिय शतक रहेको छ। रोहितपछि टी२० अन्तर्राष्ट्रियमा तीन या अधिक शतक बनाउने सूर्यकुमार केवल दोस्रो भारतीय हुन्।
सूर्यकुमारले टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेज शतक बनाउने दोस्रो भारतीय बने। उनले केएल राहुलको रेकर्ड तोड़े। सूर्याले शनिवार केवल ४५ बलमा शतक पूरा गरे। यसअघि राहुलले २०१६ मा वेष्ट इण्डिज विरुद्ध ४६ बलमा शतक बनाएका थिए। टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेज शतकको रेकर्ड रोहितको नाममा रहेको छ, जसले पाँच साल अघि श्रीलंका विरुद्ध नै केवल ३५ बलमा शतक पूरा गरेका थिए। सूर्यकुमारले यसअघि पनि ईंग्ल्याण्ड विरुद्ध (नटिंघम, २०२२) ४८ बलमा अनि न्यूजील्याण्ड विरुद्ध (माउण्ट माउंगानुई, २०२२) ४९ बलमा शतक बनाएका थिए। टी२० अन्तर्राष्ट्रियमा रोहितबाहेक भारतका सूर्यकुमार, अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, न्यूजील्याण्डका कोलिन मूनरो र चेक गणराज्यका सबावून डेविजीले मात्र तीन या त्यसभन्दा अधिक शतक बनाएका छन्। सूर्यकुमारले जुलाई २०२२ मा ईंग्ल्याण्ड विरुद्ध पहिलो टी२० अन्तर्राष्ट्रिय शतकपछि ६ महिनाभित्र तेस्रो शतक बनाए। यति कम्ती समयमा तीनवटा शतक बनाउने उनी विश्वका पहिलो क्रिकेटर हुन्। यतिमात्र नभएर टी२० अन्तर्राष्ट्रियमा सूर्या सबैभन्दा कम्ती ८४३ बलमा १५०० रन पूरा गर्ने ब्याटर पनि बनेका छन्।

About Author

Advertisement