निर्वाचित जन प्रतिनिधि किनवेच गर्ने काम पहाडमा हुदैछ!

IMG_20230108_114929.jpg

गोर्खाको अस्तित्व बचाउँन युवा जमात अब राजनीति मैदानमा ओर्लिनै पर्छ: उज्वल राई

दार्जीलिङ: ‘हामी हाम्रो अस्तित्व बचाउँन हो भने युवा जमातहरू राजनीतिमा मैदानमा ओर्लिनै पर्छ’ यो मनतब्य उज्वल राईले पोखेको हो। शहरको क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गोर्खा हितको पक्षमा गत केही दिनदेखि कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उज्वल राईले हामी गोर्खाहरूलाई आफ्नै ठाउँमा अस्तित्व विहिन बनाउँने कार्य भई रहेको बताउँदै अब पनि हामी जाँगेनौ भने एक दिन हामी हाम्रै भूमिमा अस्तित्व विहिन बन्ने छौ। गोर्खाहरूको अस्तित्व बचाउँन अब युवा जमातहरू राजनीति मैदानमा ओर्लिन पर्छ। पपजी जस्ता गेमहरू खेलेर समय बर्बाद गर्न भन्दा गोर्खा जातिको अस्तित्व बचाउँन जातिया सुरक्षाको राजनीतिमा ओर्लिने राईले आहवान गरयो। हामी गोर्खा हरूलाई अस्तित्व विहिन बनाउँने चारैतिरबाट कार्यहरू भई रहेको छ। शिक्षादेखि लिएर रोजगार आदि जस्ता विषयहरूमा हामीलाई शोषण गर्ने कार्यहरू भई रहेको छ।हाम्रो स्कूलहरूमा हाम्रो जातिया चिनारी,जातिया सांस्कृति,हाम्रा विभूतिहरूको बारेमा पढाइने काम दिन प्रति दिन घटदै जान्दैछ। हाम्रो विधार्थी नानीहरूलाई हाम्रो भूगोलको बारेमा अनभिज्ञ राख्ने कामहरू निरन्तर रूपमा चल्दै आई रहेको छ यो हाम्रो जातिको निम्ति शुभ संकेत कदापी होइन राईले भने। हामीलाई अस्तित्व विहिन बनाउँनेहरूको इशारामा हामी हाम्रै जातिलाई खण्ड खण्डमा विभाजित गर्ने कामहरू हुदैछ। हामीले कहिले नसुनेको निर्वाचित जन प्रतिनिधिहरूलाई रूपियाँ पैसाको प्रलोभनमा किनवेच गर्ने कामहरू चल्दैछ राईले भने।

About Author

Advertisement