नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको कञ्चनजंघा एफसी-ले फाइनलमा स्थान बनायो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा कञ्चनजंघा एफसीले नेपालको इलाम एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल प्लेयर अव् द म्याच रहने वास्सितले छिराए। आइतवार खेलिने दोस्रो सेमिफाइनलमा फेथ फाइटर्स फुवागढ़ी र धुसेनी एफसी-बीच भिड़न्त हुनेछ। फाइनल १५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्। यसको साथमा भेटरन्स टुर्नामेण्टको सेमिफाइनलमा सोनादा एफसी-ले सुकना भेटरन्सलाई २-० ले पराजित गऱ्यो। आइतवार खेलिने भेटरन्सको सेमिफाइनलमा मर्माह युनाइटेड र एक्स आर्मी मिरिकबीच भिड़न्त हुनेछ।











