सिलगढी: सिलगढीको सेवक रोडमा रहेको पीसीमित्तल बस स्ट्यान्डको छेउमा रहेको पाइप पसलमा आगलागी भएको छ। शनिबार राति पसलबाट धुवाँ निस्किएको स्थानीयले देखे पछि दमकललाई खबर गरे। दुईवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन्। अर्कोतर्फ, घटनाको खबर पाएलगत्तै वार्ड काउन्सिलर तथा सिलगढी पूर्णिगम परिषद्का मेयर कमल अग्रवाल घटनास्थलमा पुगेका छन्। सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।