गान्तोक: आज राजभवनमा सिक्किमका राज्यपालसँग सिक्किम विश्वविद्यालय छात्र संघ (सूसा) को नयाँ कार्यकारी सदस्यहरूले शिष्टाचार भेट गरे। यस भेट अवधि सूसाले राज्यपाललाई नयाँ वर्षको बधाई दिए। राज्यपालले सूसाको नवगठित कार्यकारी समितिलाई बधाई दिँदै भने, युवा शक्ति समाजको मूल स्तम्भ हो। विश्वविद्यालय र राज्यको समग्र विकासको निम्ति लगन अनि परिश्रमका साथ कार्य गर्न आह्वान गरे। उनले सबैको सक्रिय भागीदारी आवश्यक रहेको बताए।









