गान्तोक: राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), सिक्किम एकाईले सप्ताहव्यापी ‘प्राथमिक शिक्षा वर्ग आयोजना गरिरहेको छ। पूर्व सिक्किमको रिनाक सरकारी उच्चतर माध्यमिक विद्यालयमा ०५ जनवरीदेखि शुरू भएको प्राथमिक शिक्षा वर्ग आगामी १२ जनवरीसम्म चल्नेछ।प्राथमिक शिक्षा वर्गको शुभारम्भ ५ जनवरीको दिन आरएसएस कार्यकर्ता, सामाजिक कार्यकर्ता, शिक्षाविद् र रिनाक वरपरका गणमान्य व्यक्तिहरूको उपस्थितमा गरियो। मुख्य अतिथिका रूपमा उपस्थित सिक्किमका प्रथम जिल्ला संघचालक डी. पी. चालिसे र सङ्गठनका अन्य पदाधिकारीहरूद्वारा विधिवत भारत माता पूजनपछि गरियो।यस सप्ताहव्यापी प्रशिक्षण शिविरमा लगभग १०० जना स्वयंसेवकले भाग लिइरहेका छन्। यसावधि, योग, आसन, भारतीय ज्ञान प्रणालीमाथि व्याख्यान, सनातन धर्म, भारतको गौरवशाली इतिहास, अर्थतन्त्र, शिक्षा प्रणाली सम्बन्धित सत्रहरू सम्पन्न गरिने छन्। प्रशिक्षुहरूलाई अनुशासित जीवनशैली जिउन प्रशिक्षित गरिने छ। उद्घाटन सत्रलाई विभाग कार्यवाह, सिक्किम नारायण भट्टराईले सम्बोधित गरेका थिए ।सोही प्रकारको प्राथमिक शिक्षा वर्ग गत वर्ष २२ देखि ३० दिसम्बरसम्म जोरथाङको पञ्चशील भवनमा आयोजन गरिएको थियो। यस अवसरमा ६० भन्दा धेरै वरिष्ठ चिकित्सक, अभियन्ता, सीए, प्राद्यापक, शिक्षक, सामाजिक कार्यकर्ता तथा विद्यार्थीहरूले भाग लिएका थिए।