सिलगढी: सिलगढीको ३३ नम्बर वार्डको गेट बजार युथ क्लबमा आज वार्ड उत्सवको अंशको रूपमा मेगा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका मेयर तथा काउन्सिलर गौतम देवको पहलमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा सहरका विशिष्ट चिकित्सकहरू उपस्थित थिए भने शिविरमा धेरैजना मानिसहरूले स्वास्थ्य जाँच गराए। यस अवधि रोगीहरूलाई निःशुल्क औषधि पनि वितरण गरियो।