जातिको हितको लागि राजनीतिक मञ्चमा आएर बोल्नु मेरो धर्म हो: पेम्बा रिम्पोछें

17-27-16-KAL-1024x616.jpg

कालेबुङ: आज खरसाङका बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छे गोर्खा राष्ट्रिय काङ्ग्रेस पार्टीको २०औं स्थापना दिवस कार्यक्रममा प्रमुख रूपमा उपस्थित थिए। कालेबुङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा सम्पन्न कार्यक्रममा बौद्ध धर्मगुरु पेम्बा रिम्पोछेले आफ्नो सम्बोधनमा भने ” म एकजना धर्म गुरु हो। मेरो काम मानिसहरुलाई धर्मको मार्गमा लैजानु हो। आज यदि मैले आफ्नो जातिको हितको निम्ति कुनै राजनीतिक मञ्चमा आएर बोल्न पर्दा जातिको भलाई हुन्छ भने म अवश्यै बोलेको हुनेछु। किनकि त्यो पनि मेरो धर्म नै हो।” यसको साथै तिनले पहाडको राजनीतिक दलका नेताहरुले आफ्नो जातिको निम्ति ईमान्दार बनेर कार्य गरुन् भन्ने अपिल पनि गरे। तिनले अझ भने, यदि भविष्यमा म सक्रिय राजनीतिमा आए पहाडको राजनीतिक नेताहरुले पहाड छोडेर जानुपर्ने अवस्था हुनेछ।

About Author

Advertisement