राजगञ्जमा ‘जन सम्पर्क कार्यक्रम’ को आयोजना

17-25-15-Capture.png

राजगञ्ज: आज जलपाइगढी जिल्ला पुलिसको तत्वावधानमा अनि राजगञ्ज पुलिसको सहयोगमा राजगञ्जमा ‘जन सम्पर्क कार्यक्रम’ को आयोजना गरियो। यो कार्यक्रमको माध्यम जलपाइगढी पुलिस अधिक्षक विश्वजीत महतो, राजगञ्जका विधायक खगेश्वर रायले इलाकाको लगभग २५० जना आवश्यकमन्द मानिसहरूलाई कम्बल वितरण गरे। जलपाइगढी पुलिस अधिक्षक विश्वजीत महतोले बताए अनुसार आज यस चियाबगान इलाकामा साधरण मानिसहरूसित जनसम्पर्क गरियो। यसको साथै अवश्यकमन्द मानिसहरूलाई कम्बल पनि वितरण गरियो। जिल्ला पुलिसको पहलमा यस प्रकारको जनसम्पर्क कार्यक्रम आगामी दिनहरूमा पनि विभिन्न इलाकामा आयोजित गरिने तिनले बताए। यस अवधि जलपाइगढी पुलिस अधिक्षक विश्वजीत महतो, अतिरिक्त पुलिस अधिक्षक सन्दीप सेन, अतिरिक्त जिल्लाशासक तेजश्री राणा, जलपाइगढी जिल्ला परिषद सभाधिपति उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा रायसहित अन्य मानिसहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement