२३ नम्बर वार्ड महोत्सव ‘नव आनन्द जागो’ काे उद्घाटन

IMG_20230107_145115.jpg

सिलगढी: ७ जनवरीदेखि जनवरी १५ सम्म चल्ने वार्ड नम्बर २३ काे महोत्सव “नव आनन्द जागो” शनिबार रंगीन जुलुसको साथ सुरु भयो। मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, वार्ड काउन्सिलर लक्ष्मी पाल, तृणमूल कङ्ग्रेस नेता मदन भट्टाचार्य, अमर पाल र वार्डका विशिष्ट व्यक्तिहरूले झण्डा देखाएर शोभायात्रालाई प्रस्थान गरेका थिए। ब्याण्ड बजाउनुका साथै वार्डको माइकल स्कुल परिसरबाट विद्यालयका बालबालिका तथा वार्डबासीले जुलुस निकालेर वार्ड परिक्रमा गरेका थिए। जुलुसमा बालबालिकाले रक्तदान, रुख बचाउ जस्ता चेतनामुलक प्लेकार्ड तथा फ्लेक्स बोकेका थिए।

About Author

Advertisement