‘पठान’ को गीत ‘बेशरम रंग’ले पायो रिलिज गर्ने अनुमति

00-Deepika-Padukone-5

मुम्बई: बलिवुडका किङ्ग खान अर्थात शाहरुख खानको आउँदो फिल्म ‘पठान’ को गीत ‘बेशरम रंग’ रिलिज भएपछि विवादको घेरोमा परेको छ। दीपिकाले लगाएको भगवा बिकिनी र शाहरुखको हरियो शर्टलाई लिएर मानिसहरूले शुरू देखि नै यसको विरोध गरिरहेका छन्। सड़कदेखि लिएर सोशियल मिडियासम्म फिलम बहिष्कारको माग उठिरहेको छ। यद्यपि, उक्त विवादबीच सेण्ट्रल बोर्ड अफ् फिल्म सर्टिफिकेशन (सीबीएफसी)ले यस गीतलाई रिलीज गर्ने अनुमति दिएको छ।

एक रिपोर्टअनुसार, सीबीएफसीका अध्यक्ष प्रसून जोशीले यस्तो निर्णय दिएका छन्, जसकारण मानिसहरू अचम्भित छन्। स्रोतहरू अनुसार, दीपिका पादुकोणको भगवा बिकनी र शाहरुखको हरियो शर्ट, कुनै परिवर्तन गरिने छैन। गीत जस्तो छ त्यस्तै रूपमा रिलीज गर्ने अनुमति दिइएको छ। शाहरुख खानका एक नजिकको स्रोतले पठानको टीमले गीत हटाउन विचार गरिरहेको बताएको छ। तर, सीबीएफसीको स्पष्ट अडानपछि अब फिल्ममा कुनै प्रकारको परिवर्तनको सम्भावना लगभग समाप्त भएको देखिन्छ।

About Author

Advertisement