सूम भेटरन्स क्लब (सूम टी स्टेट, दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार भएको म्याचमा आमुक्त परिवारले यूजीएफसी कालेबुङलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट आमिर लामा, अभिषेक तामाङ र तुषार ठाकुरीले गोल गरे। यसरी नै यूजीएफसी-बाट जोएल राई र अनमोल तामाङले गोल गरे। विजेता टीमका सोनम लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताएका छन्।