अनुसूचि जातिहरूमाथि हेलचेक्राईको क्रम जारी छ: रूवेन घतानी

IMG_20230106_223405.jpg

दार्जीलिङ: अनुसूचि जातिहरूमाथि हेलचेक्राईको क्रम जारी रहेको रूवेन घतानीले बताएका छन्। गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा पहाडको अनूसूचि जातिहरूले पनि आत्मा गर्दै गोर्खा एकतामा सामेल भएका छन्। आयोजित कार्यक्रमलाई अनुसूचि जातिको पक्षबाट रूवेन घतानीले सम्बोधन गर्ने क्रममा अनुसूचि जातिहरूमाथि हेलचेक्राईको क्रम जारी रहेको बताए। तिनले अधि भने विगतका दिनहरूमा जीटीए प्रशासकहरूलाई जीटीएमा अनुसूचि जातिहरूको सीट आरक्षण हुन पर्छ भन्ने मांगहरू राख्दै आएका थियौ तर जीटीए प्रशासकको चैकीमा बस्नेहरूले हाम्रो मांगलाई अनदेखा गर्दै आई रहयो। जीटीए सभाको चूनाव अधि जीटीएमा अनुसूचि जातिहरूको सीट आरक्षण हुन पर्छ भन्ने मांगहरू हामीले जीटीए प्रशासकदेखि लिएर राज्य सरकारसम्म राखेका थियौ तर हामी अनुसूचि जातिहरूको मांगलाई अनदेखा गर्दै राज्य सरकारले जीटीए सभा सभाको घोषणा गरयो। पहाडको राजनैतिक दलहरूले अनुसूचि जातिहरूलाई पार्टी उम्मेद्वार समेत बनाएनन तर हाम्रो पार्टीले दुई जना अनुसूचि जातिको उम्मेद्वारहरू खडा गरयो जसमा अनिल लोम्जेल र वीरेन्द्र रसाइलीलाई पार्टी उम्मेद्वार बनाएर चूनावी मैदानमा उतार्ने काम गरेको थियो।जीटीए चूनावमा हाम्रो पार्टीले पनि अनुसूचि जातिको उम्मेद्वार नदिएको भए हामी अनुसूचि जातिहरूले भोट हाल्ने थिएनौ। जीटीए सभामा आज ४५ निार्वचित सभासद र ५ जना मनोनित सभासदहरू लगाएर जम्मा ५० जना सभासदहरू छन तर दुखको कुरा जीटीए सभामा एकै जना पनि अनुसूचि जातिको सभासद छैन। गोर्खा नाम छैन भन्दै जून पार्टी लाई खिसी गर्ने काम भयो तर तिनै हाम्रो पार्टीले अनुसूचि जातिको दुई जना उम्मेद्वार खडा गरेका थिए घतानीले भने। दार्जीलिङ नगरपालिकाको चूनावमा हाम्रो पार्टीले बहुमत पाएपछि अनुसूचि जातिको समाजिक कार्यकर्तालाई रितेश पोर्तेललाई चेयरम्यान बनाए। त्यसरी नै जन जाति महिला याङकी शेर्पालाई भाइस चेयरम्यान बनाए।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले हमेशा भन्ने गर्छन पहाडमा परिवर्तन ल्याउनु पर्छ भन्ने गर्छन। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेकै दिनदेखि चलखेल शुरू भएको थियो अनि नभन्दै ९ महिनाको अन्तरालमा बोर्ड तोडने कार्य गरेको छ। अनुसुचि जातिका महिला सुजता सांशकरलाई फकाउने, फुसलाउँने काम गरेको छ जो एसटी, एससी एक्ट विरूद्व रहेको छ घतानीले बताए।

About Author

Advertisement