सिलगढीमा दिल्लीको कान्झावालासँग मिल्दोजुल्दो घटना

IMG_20230105_215451.jpg

सिलगढी। पश्चिम बङ्गालको सिलगढीमा पनि दिल्लीको कान्झावाला घटनासँग मिल्दोजुल्दो घटना भएको छ। यहाँ एक डम्पर चालकले स्कुटरमा सवार भाजपा नेतालाई कुल्चिएर सडकमा डेढ किलोमिटर घिसारेपछि उनको मृत्यु भएको छ। मृतकको नाम अनन्त दास हो र उनी लोअर बागडोगरा क्षेत्रको भाजपा बूथ अध्यक्ष थिए।

बिहीवार राति भएको यस घटनाको शुक्रवार बिहान पुष्टि गर्दै सिलगढ़ी पुलिस कमिश्नरेट सूत्रले भने, गोसाईपुर छेउ डम्परले स्कूटरलाई हिर्काएको थियो। डम्परमा स्कूटरसँगै चालक पनि फँसे र डम्परले डेढ़ किलोमिटरसम्म उनलाई घिसारेर लगे।

सड़कमा लगातार घर्षणका कारण स्कूटर चालकको अगावै मृत्यु भइसकेको थियो, यसपछि स्कूटीमा आगो लाग्यो र आगो डम्परमा पनि फैलियो। डम्पर चालकले उत्तर बंगाल विश्वविद्यालयको गेट नम्बर एक छेउ डम्पर छाडेर भागे। सूचना पाएपछि पुलिस र अग्निशमन विभागको टीम घटनास्थल पुगे। आगो निभाएपछि अनन्तलाई अस्पताल पुऱ्याइयो, तर चिकित्सकहरूले जॉंचपछि उनलाई मृत घोषित गरिदिए।

सीसीटीभी फुटेज अनुसार, बागडोगरादेखि शिव मन्दिर गइरहेको डम्परले स्कूटरलाई हिर्काएको थियो। पुलिसले चालकलाई चिन्हित गरि खोजी शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement