कालचिनीः कालचिनी थाना अन्तर्गत पर्ने बामनपाड़ा क्षेत्रको ३१ सी राष्ट्रिय राजमार्ग किनारी परित्यक्त अवस्थामा छोड़िएको एउटा असम नम्बरको एएस ३१बी/०८०७ कारबाट पुलिसले अवैद्य लागु पदार्थ गाँजा प्रायः २५ किलो १९ ग्रामको मात्रामा उद्धार गर्न सफल भएको छ।
कालचिनी थाना सुत्रबाट प्राप्त जानकारीअनुसार निमती आउटपोस्टमा कर्तव्यरत पुलिसबलले बामनपाड़ा क्षेत्रमा एउटा हल्का रुपले क्षतिग्रस्त कार राजमार्ग किनारी राखिएको थियो भने कारको निरीक्षण गर्न गएका पुलिसबलले गाँजाको गन्ध पाएर वाहन जाँच गर्दा वाहनबाट दुईवटा प्याकेटमा लुकाएर राखिएको गाँजा उद्धार गरेको थियो। तर उक्त कारको चालक अथवा मालिक कारमा नरहेकोले कसैलाई पक्राउ गर्न नसकिएको र अलिपुरद्वार म्याजिस्ट्रेटको उपस्थितिमा कार र गाँजा पुलिसले एनडीपीएस एक्ट अनुरुप भारतीय दण्ड संहिता २० बी २ सी धारा अन्तर्गत जफत गरेको बताएको छ। पुलिसले मामिलाको छानबीन शुरु गरेको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्।