लामा गाउँ गोल्ड कपः लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) क्वार्टर फाइनलमा

IMG_20230106_183130.jpg

लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको एकतर्फी म्याचमा एलकेएससी-ले पशुपति युनाइटेडलाई ७-२-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट कुञ्जमान थापा र अमन थापाले २-२ गोल गरे। यसबाहेक प्रतीक लामा, आशिष देवान र सोनम भूटियाले १-१ गोल गरे। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल 26 जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement