सदभावना कप फूटबल टुर्नामेण्टः मिक्स्ड अप् बोइज र महेन्द्र गाउँ एफसी क्वार्टर फाइनलमा

IMG_20230106_182728.jpg

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा खरसाङको मिक्स्ड अप् बोइज र महेन्द्र गाउँ एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा शुक्रवार भएको पहिलो म्याचमा मिक्स्ड अप् बोइजले वाईएफएफसी एमएम तराईलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा लेप्चा ब्रदर्स, कालेबुङको टीम नआउँदा महेन्द्र गाउँ एफसी-ले वक्ओभर पाएर क्वार्टर फाइनलमा स्थान पक्का गऱ्यो। शनिवार पनि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा युनाइटेड बुङकुलुंग र मिरिक भिक्ट्रीबीच भिड़न्त हुनेछ। दोस्रो म्याच चन्दन सेभेन मिरिक र सौरेनी आरएनएचएसएस-बीच खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement