सिलगढी: सबैको घरमा शुद्ध पिउने पानी पुर्याउने नगर निगमको दाबी असफल भएको छ। सिलगढी नगरपालिका खानेपानी संकट समाधान गर्न अगाडि आएको छैन। निर्वाचनअघि खानेपानी सुविधा दिने वाचा पनि गरिएको थियो तर चुनावपछि नेताहरूको वाचा शून्य नै रह्यो। यी कुराहरू सिलगढीका बीजेपी विधायक शंकर घोषले भने। तिनले शुक्रबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकारहरूलाई सम्बोधन गर्दै थिए। सिलगढी नगरपालिकाले कुनै पनि विकास नगरेको तिनले बताए। सहरमा खानेपानीको संकट जारी छ। यति हुँदाहुँदै पनि नगरपालिकाले समस्या समाधानका लागि केही गर्न सकेको छैन। उनले भने कि केन्द्र सरकारका योजनाहरू परिवर्तन गरेर राज्यकी मुख्यमन्त्री ममताले यसलाई बंगालको योजनाको नाम दिन्छन्। सिलगढी सहरको विकासका लागि केन्द्रले पनि रकम उपलब्ध गराएको छ। तर तृणमूलका नेताहरूले यो राज्य सरकारको कोषबाट भएको बताएका छन्। कार्यक्रममा सिलगढी विधायक शंकर घोष, सिलगढी नगर निगमका विपक्षी नेता अमित जैन, वार्ड नम्बर ५ की भाजपा नगरसेविका अनिता महतो र अन्य उपस्थित थिए।